२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


१४ सांसदमाथिको कारबाही फिर्ता लिन ओली सहमत, भोलि स्थायी कमिटी बैठक बस्दै




७ भदौ ०७८,काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली माधव नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाही फिर्ता लिन सहमत भएका छन् ।
ओली निवास बालकोटमा सोमबार भएको छलफलमा नेपालसहित १४ जना सांसदमाथिको कारबाही फिर्ता लिन अध्यक्ष ओली सहमत भएको नेता योगेश भट्टराईले जानकारी दिए ।
लामो समय नेपाल समूहमा रहेका र पार्टी विभाजनको विपक्षमा रहेका भीम रावलसहितका नेताहरुसँग भएको छलफलमा ओली १४ जना सांसदमाथिको कारबाही फिर्ता लिने र पार्टी एकताको वातावरण बनाउन सहमत भएको उनको भनाइ छ । यस विषयमा छलफल गरेर निर्णय गर्न भोलि मंगलबार ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
भोलिको स्थायी समिति बैठकमा रावलसहितका नेताहरु सहभागी हुने बताइएको छ । न्युज कारखानाबाट

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  २ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।