८ भदौं ०७८, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी गठनको घोषणा गरेका नेता माधवकुमार नेपालको पार्टीको घोषणा पत्र र अन्तरिम विधान तयार भएको छ ।
नेता नेपालले आफू पक्षीय नेताहरुलाई सोमबार राति वितरण गरेको घोषणा पत्रमा नेकपा ९एकीकृत समाजवादी० लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा स्थापित गर्ने उल्लेख छ ।
प्रस्तावित पार्टीका अध्यक्ष नेपालले पार्टीको घोषणा पत्र र अन्तरिम विधान सोमबार राति चन्द्रागिरि रिसोर्टमा आयोजित प्रस्तावित पार्टीका केन्द्रीय सदस्य र सांसदको बैठकका क्रममा अध्ययनका लागि भन्दै वितरण गरिएको हो। बैठकमा ४६ जना केन्द्रीय सदस्य उपस्थित छन् ।
हेर्नुहोस्
प्रतिक्रिया