१६ पुस २०८२, बुधबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


देशका केही ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना(मौसम पूर्वानुमानसहित)



८ भदौं ०७८, काठमाडौं । चार प्रदेशका केही ठाउँमा चट्याङ्गसहित ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । यस्तै, राति प्रदेश(१ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन उनले आग्रह गरे ।

भोलि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । मनसुन थप सक्रिय रहेकाले भोलिदेखि देशका धेरै ठाउँमा झरी पर्ने सम्भावना रहेको छ बाढी पहिरोको जोखिम उच्च छ ।

मौसम पूर्वानुमान यस्ताे छ:
भदौ ८ गते मगंलबार (आज)
दिउँसोः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  एक वा दुई  स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना।

रातिः केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना। 

भदौ ९ गते बुधबार
दिउँसोः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना।

रातिः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना। गण्डकी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना। 

भदौ १० गते बिहीबार
दिउँसोः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र प्रदेश नं २ का  थोरै  स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना। साथै गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना।

रातिः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। प्रदेश नं १,  बागमती, गण्डकी र कर्णाली प्रदेशका  थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना। साथै प्रदेश १ र कर्णाली प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ९ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।