१६ पुस २०८२, बुधबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन



८ भदौं ०७८, काठमाडौं ।  संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले कोरोना विरुद्धको खोप उपलब्ध गराएका भौतिक उपस्थितिमा नै परीक्षा लिन निर्देशन दिएको हो ।

समिति सभापति जयपुरी घर्तीले खोपको व्यवस्था गरेर परीक्षा सञ्चालन गर्न विज्ञान प्रविधि तथा शिक्षा मन्त्रालयलाई निर्देशन दिईएको जानकारी दिइन् ।

बैठकमा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले समितिमा स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भएको जनाएका थिए ।

तेस्रो लहरको कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेदेखि हुने भनिएको कक्षा १२ को स्थगित गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।