१६ पुस २०८२, बुधबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ललितपुर लेलेका महर्जन र बुढानिलकण्ठकी पाडे मृत अवस्थामा फेला




८ भदौ ०७८,काठमाडौं । ललितपुर लेले बस्ने मंगलदास महर्जन र बुढानिलकण्ठकी मिना पाडे मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ललितपुरको ललितपुर महानगरपालिका १६ मंगलबजार डेरा गरी बस्ने गोदावरी नगरपालिका ६ घर भएका ५० वर्षीय मंगलदास महर्जन आफ्नै कोठामा सोमबार बिहान मृतल अवस्थामा फेला परेका हुन् ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ६ स्थित सडकमा यसै स्थानमा बस्ने कास्की पोखरा महानगरपालिका घर भएका ३२ वर्षीया मिना पाडें सोमबार मृत अवस्थामा फेला परेकी प्रहरीले जानकारी दिएको छ।

साथै काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका ९ रायवारीस्थित ईन्द्रावती नदीको किनारामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ फटकसिला बस्ने ४८ वर्षीया पदम कुमारी डोटेल सोमबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन् । उनीहरुका सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ११ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।