१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विश्व संस्कृत दिवसमा पुस्तक विमोचन



१० भदौं ०७८, काठमाडौं । श्रावणी पूर्णिमाको शुभ दिन विश्व संस्कृत दिवसको अवसरमाराजधानीमा पुस्तक विमोचन गरिएको छ । भारतीय राजदूत विनय मोहन क्वात्रा, शताब्दी पुरुष सत्यमोहन जोशी, श्री चमू कृष्ण शास्त्री तथा प्रा. भीम प्रसाद खतिवडाबाट सामुहिक रूपमा “संस्कृतम् भारत–नेपालयोः संपत्तिः– भाग २“ शीर्षक महत्त्वपूर्ण पुस्तकको पनि विमोचन गरिएको हो ।
वेदको भाषा संस्कृत को महत्त्व लाई प्रकाशमा ल्याउनको लागि संस्कृत ः पूर्वीय संस्कृतिको स्रोत शीर्षकमा एउटा अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन नेपालका लागि भारतका राजदूत श्रीविनय मोहन क्वात्राले गरेका थिए । विद्यमान कोरोनाको परिस्थितिमा यो सेमिनार लाई भौतिक तथा भर्चुवल मोडमा आयोजना गरिएको थियो।
समारोहमा वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी, पद्मश्री पुरस्कार विजेता श्री चमूकृष्ण शास्त्रीलगायत भारत, नेपाल, अमेरिका, बेलायत र इटलीका प्रख्यात विद्वानहरूको उपस्थिति थियो। कार्यक्रममा प्रधानमन्त्री श्री शेरबहादुर देउवा र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) का अध्यक्ष श्रीविनय सहस्रबुद्धेले भिडियो सन्देश मार्फत कार्यक्रमको लागी शुभकामना व्यक्त गरेका थिए ।
आयोजित सेमिनारमा नेपालका १५ संस्कृत विद्वानहरूले आफ्नो शोध पत्र प्रस्तुत गरे र भारत र विदेशका ३० भन्दा बढि विद्वान् हररूले संस्कृत भाषा, साहित्य, संस्कृति, तंत्र, व्याकरण,आयुर्वेद, ज्योतिष, र योग लगायत विभिन्न बिषयहरूमा आफ्ना लेख र विचार प्रस्तुत गरे।
नेपाल प्रज्ञा प्रतिष्ठान , काठमाण्डौ विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरूका साथै नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष र त्रिभुवन विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालयका डीनसहित थुप्रै संस्कृत विद्वान् हरूले सेमिनारमा आ–आफ्नो विचार आदान प्रदान गरे । यस सेमिनारमा नेपाल, भारत लगायत अन्य मुलुक का ४५ विद्वान्हरुले आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। फेसबूक लाईभको माध्यमबाट पनि हजारौंले यो सेमिनारमा आफ्नो उपस्थिती जनाएका थिए ।

 

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  १० : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।