१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पहिरोमा परी नवलपरासी पूर्वमा एकै परिवारका तीनजना बेपत्ता



११ भदौं ०७८, नवलपरासी  । नवलपरासी पूर्व। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकामा पहिरोमा परी तीनजना बेपत्ता भएका छन्। हुप्सेकोट–४ माथिल्लो चार घरेकी ४० वर्षीया धनमाया पुलामी र उनका दुई नातिनीहरू करिब सात वर्षीया भुमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी बेपत्ता रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रवक्ता प्रहरी निरीक्षक मधुसूदन सिंहका अनुसार बिहीबार राति करिब २ बजे गएको पहिरोले ५० वर्षीय हस्तबहादुर पुलामीको घर पूर्णरूपमा क्षति भएको हो। पहिरोमा हस्तबहादुरलाई पुरेको थियो। उनको स्थानीयले तत्काल उद्धार गरी नजिकैको विद्यालयमा राखेका थिए। उनलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पतालमा लगिसएको प्रहरी निरीक्षक सिंहले बताए।

पहिरोमा परी बेपत्ता भएको थाहा पाए लगत्तै स्थानीयसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेका छन्। बेपत्ताको खोजी जारी रहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  २ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।