२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा ७१५ सहित थप २ हजार ६५ जनामा कोरोना संक्रमण




११ भदौं ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा ७१५ सहित नेपालमा थप २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १३ हजार ११७ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ८ हजार ७५२ जनाको पिसिआर र ४ हजार ३६५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यस्तै, २ हजार ३३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

यसको संक्रमणबाट थप २५ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित ३७ हजार ५९९ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३.६ प्रतिशत रहेको छ।

यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७१५ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ४५४, भक्तपुरमा ९२ र ललितपुरमा १६९ जना संक्रमित थपिएका हुन्।

 

 

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ५ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।