१६ पुस २०८२, बुधबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मन्त्रालयले भन्यो, ‘म्याद सकिएको खोप लगाएका छैनौँ’



११ भदौं ०७८, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरसविरुद्धको खोप नलगाएको बताएको छ ।
मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको म्याद सकिएको खोपको प्रयोग भइरहेको अफवाह फैलिएका प्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै म्याद सकिएको खोपको प्रयोग नगरिएको स्पष्ट पारेको हो । मन्त्रालयले खोपको म्यादबारेको अफवाहको पछि नलागी ढुक्क भएर खोप लगाउन सबैलाई अनुरोधसमेत गरेको छ ।
नेपालमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनिका खोप लगाइएको छ । “कोरोना भाइरसविरुद्धको खोपको म्यादका सम्बन्धमा मन्त्रालय सचेत रहेको र म्याद सकिनुअघि नै सबै खोप प्रयोगमा ल्याइसक्ने कुराको प्रत्याभूत गराउन चाहन्छौ,” सूचनामा भनिएको छ । अहिलेसम्म ५० लाख ६३ हजार ५२२ जनाले पहिलो मात्राको खोप र ४० लाख ५२ हजार ७६५ जनाले पूर्ण मात्राको खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ७ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।