११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विमति हुँदैमा पार्टीमा आगो लगाउन हुन्न : एमाले नेता पाण्डे




१२ भदौ ०७८,चितवन । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवंम पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीमा अन्तरसंघर्ष हुँदैमा नयाँ पार्टी खोलेर जाने कुरा उपयुक्त नभएको बताएका छन् ।
चितवनको सौराहामा शुक्रबार साँझ पत्रकारसँगको कुरा गर्दै उनले मूल विषयमा सहमति भइसक्दा पनि एउटै पार्टीमा बस्न नमानेर अलग्गै पार्टी निर्माण भएको बताए । ‘आफैँले निर्माण गरेको पार्टीमा विमति भए अन्तरसंघर्ष गर्न सकिन्छ तर घरमा आगो लगाउन हुन्न,’ उनले भने ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हालै मात्र नेकपा (एकीकृत समाजवादी) गठन गरेका थिए । ‘संविधान र पार्टीको विधान नै उल्लंघन भएको बेला पार्टीभित्र अन्तरसंघर्ष एउटा क्लाइमेक्समा पुगेको थियो, तर अदालतले ती सबै निर्णय बदर गरेपछि हामी पार्टीभित्रै फर्कने वातावरण बनेको थियो,’ नेता पाण्डेले भने, ‘एकताका लागि स्वंयम नेता नेपालले नै पहल गर्नु भएको थियो, उहाँ छुट्टिनुको विविध कारण होला ।’

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ८ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।