१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


देवकोटाको घर भत्काइसकेपछि नभत्काउन सर्वोच्चको आदेश




१३ भदौ ०७८,काठमाडौं । सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइसकेपछि नभत्काउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले देवकोटाको घर पुरातात्त्विक महत्त्वको भएकाले पुरातत्त्व विभागसँग समन्वय गरेर काम गर्न अन्तरिम आदेश दिएको हो ।
काठमाडौंको मैतीदेवीमा रहेको महाकवि देवकोटाको घर भत्किसकेपछि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । देवकोटाको घर पुरानो र ऐतिहासिक भएकाले संरक्षण र समन्वय गर्न सर्वोच्च अदालतले आदेश गरेको हो ।
नेपाल प्रज्ञाप्रतिष्ठानले देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरिसकेको छ । देवकोटाको घरमा पुरातात्त्विक महत्त्वका सामाग्री राखिएको हुन सक्ने भन्दै पुरातत्त्व विभाग समन्वय गरेर मात्र घर भत्काउन सर्वोच्चले भनेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानलगायतलाई विपक्षी बनाई सर्वोच्चमा देवकोटाको घर भत्काइसकेपछि रिट निवेदन दर्ता भएको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ४ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।