२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा



१४ भदौं ०७८, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आसन्न १४ औं महाधिवेशनमा नेता थापाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले नेपाली काँग्रेसलाई एक ढिक्का बनाउने मूख्य एजेण्डा लिएर महामन्त्रीमा उम्मेदवारी दिने बताए ।

उनले अघिल्लो पटक १३ औँ महाधिवेशनमा पनि महामन्त्रीमा पदमा उम्मेदवारी दिएका थिए । तर त्यसबेला उनले ५८४ मत पाएर पराजित भएका थिए । १३ महाधिवेशनबाट महामन्त्रीमा शशांक कोइराला निर्वाचित भएका थिए ।

यस पटक भने आफूले महामन्त्री पद जित्ने नेता थापाको विश्वास छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ३ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।