११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप दुई हजार दुई सय ९५ जनामा कोरोना, उपत्यकामा ९१४६ सक्रिय संक्रमित




१४ भदौं ०७८, काठमाडौं । नेपालमा सोमबार थप दुई हजार दुई सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा एक हजार नौ सय दुई र एन्टिजेन परीक्षणमा तीन सय ९३ जनामा संक्रमण देखिएको हो ।

यो अवधिमा ११ हजार आठ सय ९२ जनाको पिसिआर परीक्षण र चार हजार तीन सय ४१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । हाल देशभर ३५ हजार आठ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार एक हजार आठ सय आठजना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार सात सय ३० पुगेको छ ।
उपत्यकामा ९०६ जनालाई संक्रमण देखिएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ६६५, भक्तपुरमा १०३ र ललितपुरमा १३८ जना संक्रमित थपिएका हुन्।
काठमाडौं उपत्यकामा ९१४६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५५८३, भक्तपुरमा १३५३ र ललितपुरमा २२१० सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ५ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।