१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मौसममा सुधार, तर वर्षाको सम्भावना कायमै



चापागाँउबाट देखिएको गणेश हिमाल । तस्विर ः ललितपुर खबर

१५ भदौ ०७८,काठमाडौं । मंगलबार बिहानदेखि मौसममा सुधार आएको छ । चार दिनको झरी पश्चात सोमबारबाट मौसममा केही आउन थालेकामा मंगलबार थप सुधार भएको छ ।
नेपालको तराई भूभागमा केन्द्रित मनसुनको न्यूनचापीय रेखा दक्षिणतिर सरेसँगै नेपालमा मौसममा सुधार आएको हो । यद्यपि, बर्खायाम भएकाले वर्षाको सम्भावना कायमै रहने पनि तत्काल झरीको सम्भावना टरेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
मंगलबार दिउँसो मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिमका एक–दुई स्थानमा मेघ गर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
मंगलबार राति बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बुधबार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षा हुने देखिन्छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ७ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।