४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस १४औं महाधिवेशन : विमलेन्द्र, गगनपछि कल्याण गुरुङ उम्मेदवारी घोषणा गर्दै




१५ भदौ ०७८, काठमाडौं । नेपाली कांग्रेसको १४औं महधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । अहिलेसम्म उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य गगन थापाले मात्र उम्मेदवारी घोषणा गरेका छन् ।
निधिले सभापतिमा उम्मेदवार दिने घोषणा गरिसकेका छन् । नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोल्दै उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा औपचारिक घोषणा गरेका हुन् । थापा यसअघि १३औं महाधिवेशनमा पनि महामन्त्रीमा उठेका थिए ।
कांग्रेस केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पनि उम्मदेवारी दिने भएका छन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका गुरुङले बुधबार औपचारिक रूपमा सभापतिमा उम्मेदवारी घोषणा गर्ने बताए । पार्टीमा युवाको हस्तक्षेप बढाउन पनि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ६ : २८ बजे