४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


४ घण्टामा २ हजार ४ जनामा संक्रमण, १६ जनाको निधन




१७ भदौ ०७८,काठमाडौं । कोरोना भाइरसको संक्रमण आज एकै दिन दुई हजार चार जनामा संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विगत २४ घण्टामा १४ हजार ६५० जनामा परीक्षण गर्दा दुई हजार चार जनामा संक्रमण देखिएको हो । सक्रिय संक्रमित ३३ हजार ९४६ जना रहेका छन् ।
संक्रमणबाट निको भई आज एक हजार ८४६ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख २१ हजार १८२ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९४.२ प्रतिशत रहेको छ ।
यस्तै संक्रमणबाट विगत २४ घण्टामा १६ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ७८६ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३६३.५जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।
यस्तै ५४४ जना सघन उपचार कक्ष (आइसियु), १६६ जना भेन्टिलेटर, ३१ हजार ६१९ जना होम आइसोलेसन, दुई हजार ३२७ जना संस्थागत आइसोलेसन र ३०२ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ६ : ०९ बजे