१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विद्युत प्राधिकरणमा खुल्यो ठूलो संख्यामा जागिर




१८ भदौ ०७८,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले खुला प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
लोकसेवा आयोगबाट हुने परीक्षाका लागि प्राधिकरणले सहनिर्देशक, मिटर रिडरदेखि जुनियर मिस्त्रीका लागि ३२० सिटका निम्ति दरखास्त आह्वान गरेको हो ।
अधिकृतस्तरमा ५२ सिट छ, सहनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक निर्देशक, चार्टर्ड एकाउन्टेन्ट, इन्जिनियर, वातावरणविद् माग गरिएको छ ।
सहायकस्तर मिटर रिडिङ सुपर भाइजरका लागि १८, लेखापालका लागि २६, सुपरभाइजरका लागि २९, सिनियर मिटर रिडरका लागि १७, सहायक लेखापालका लागि ३१, फोरमेनका लागि ६८, इलेक्ट्रिसयनका लागि ७६ र जुनियर मिस्त्रीका लागि तीन सिटमा दरखास्त आह्वान भएको हो ।
प्राधिकरणले आन्तरिकतर्फ पनि भर्ना खोलेको छ । आन्तरिकतर्फ प्रबन्धकदेखि जुनियर मिस्त्रीसम्मका लागि १२४ सिट सुरक्षित गरिएको छ ।
प्राधिकरणले बढुवाको जाम पनि खोलेको छ । जेष्ठता कार्यसम्पादन मूल्यांकनका आधारमा २८५ र कार्यक्षमता मूल्यांकन ४७७ जनालाई बढुवा हुन सिट छुट्याइएको छ । न्युज कारखानाबाट

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ८ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।