
१८ भदौ ०७८,काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । नारायणगढ मुग्लिङ सडकखण्डको ईच्छाकामना गा.पा. ६ स्थित पाँचकिलो भन्ने स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
माथिबाट ठूलो पहिरो आएकाले दुईतर्फी बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो गएको स्थानमा सडक विभागको लोडर पुगे पनि अबिरल वर्षा भइरहेको कारण पन्छाउन समस्या भएको छ ।
१८ भाद्र २०७८, शुक्रबार
0
Shares







प्रतिक्रिया