४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गगन थापाको आठौं गुट परिवर्तन



१८ भदौ ०७८,काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापा १४औं महाधिवेशनको पूर्वसन्ध्यामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा देखापरेपछि उनको गुट परिवर्तनको शृंखला आठौँ चरणमा पुगेको छ ।

गत १४ भदौमा आफ्नै वडाको भेलामार्फत महामन्त्रीको उम्मेदवारको घोषणा गरेका थापा गत १७ भदौबाट वरिष्ठ नेता पौडेल समूहमा लागेसँगै उनको गुट परिवर्तन आठौं चरणमा पुगेको हो । १३औँ महाधिवेशनमा उनले दाङबाट महामन्त्री पदको उम्मेदवार घोषणा गरेका थिए । १४औँमा भने काठमाडौं–४ अन्तर्गत ३० नम्बर वडाबाट महामन्त्री उम्मेदवार हुने घोषणा गरे ।

‘आफ्नै वडाबाट उम्मेदवार घोषणा गर्न पाउँदा म खुसी छु, अब म महामन्त्रीको उम्मेदवार हुँँ’ उनको भनाइ थियो । उम्मेदवार घोषणा गरेर तीन दिनपछि उनी पौडेल पक्षको भेलामा उपस्थित भए । यसअघि उनी कृष्णप्रसाद सिटौलाको समूहका जिम्मेवार नेता मानिन्थे ।

तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को महामन्त्री नियुक्ति गरेका युवा नेता थापा जनआन्दोलन–२ मा ‘चर्चित’ भएपछि उनै कोइरालाले पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवारको सूचीमा राखेका थिए ।

पहिलो संविधानसभा निर्वाचन अर्थात् २०६४ मा तत्कालीन कांग्रेस सभापति कोइरालाले समानुपातिकतर्फबाट सभासद् बनाएलगत्तै थापाले कांग्रेसको राजनीतिमा पहिलोपटक गुट परिवर्तन गरे । कांग्रेसको आन्तरिक शक्ति संघर्षमा कोइराला छाडेर युवा नेता थापा भीमबहादुर तामाङ र नरहरि आचार्यको पक्षमा देखापर्न थाले । र, सार्वजनिक रूपमा नै सभापति कोइरालाविरुद्ध अभिव्यक्ति पनि दिन थाले, जसले उनलाई थप ‘चर्चित’ बनायो ।

जनआन्दोलनका कमान्डर ‘गिरिजाबाबु’को निधनपछि कार्यवाहक सभापतिको जिम्मेवारीमा उनका भाइ सुशील कोइराला आए । उनै कोइराला १२औँ महाधिवेशनमा सभापतिका उम्मेदवार भए, तर थापा भने कोइरालाविरुद्ध क्रमशः सभापति र महामन्त्री उठेका तामाङ र आचार्यको पक्षमा देखापरेका थिए । त्यहीबेला थापा कांग्रेस केन्द्रीय समितिमा भारी मतले विजयी पनि भए ।

१४औँ महाधिवेशनको पूर्वसन्ध्यामा ‘सुशील दा’को निधन भयो । सो घटनापछि थापा पूर्वमहामन्त्री कृष्ण सिटौलाको खेमाबाट १३औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार भए । तर, आफ्नै ससुरा अर्जुननरसिंह केसीविरुद्ध उठेका थापाले ससुराको मत पनि काटेर उनलाई पनि हराए र आफूले पनि जित हासिल गर्न सकेनन् ।

सभापति वा अन्य पदाधिकारी विजयी हुन ५१ प्रतिशत मत अनिवार्य चाहिने भएकाले तेस्रो स्थानमा सीमित भएका सिटौला र थापा समूहले अन्ततः देउवाको पक्षमा मतदान गर्ने निर्णय गर्यो, त्यो निर्णयसँगै थापाले पौडेलविरुद्धका उम्मेदवार देउवालाई मतदान गरिदिए ।

१३औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थापाका समेत मतले देउवा सभापतिमा विजयी भए, पौडेलले पराजय भोग्नु पर्यो । सोही गुनको बदलामा सिटौलाको सिफारिसमा सभापति देउवाले थापालाई तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी सुम्पे । न्युज कारखानाबाट

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ११ : ५४ बजे