२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले संसदमा कडा रूपमा प्रस्तुत हुने



फाइल तस्विर

२० भदौं ०७८, काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाबाट संवैधानिक भूमिका निर्वाह नभएको जनाउँदै आगामी दिनमा पार्टी सदनमा कडा रूपमा प्रस्तुत हुने बताएका छन् । एमालेनिकट युवा सङ्घ नेपालको टोखा नगरस्तरीय कमिटीको घोषणासभामा शनिबार महासचिव पोखरेलले एमालेले कारबाही सिफारिस गरिएका १४ प्रतिनिधिसभा सदस्यसमेतलाई मान्यता दिई एमाले विभाजनमा गराउने काम भएकाले यसको प्रतिरोध गरिने बताएका हुन् । एमालेले यही भदौ १ गते तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई पार्टीविरोधी कार्यमा संलग्न भएको र ह्विपको पालना नगरेका कारण कारबाही गर्न संसद् सचिवायलमा पत्र पठाएको थियो ।
यस पत्र विचाराधीन हुँदा राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेशबमोजिम नेता नेपालको नेतृत्वमा भदौ ९ गते निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई दल दर्ताको मान्यता दिएको थियो । यो विषयमा एमालेले सर्वाेच्च अदालतमा रिट निवेदन पनि दिएको छ । महासचिव पोखरेलले एमालेले राजनीतिलाई सही बाटोमा ल्याउने जिकिर गर्दै हिजोभन्दा शक्तिशाली भएर पार्टी अगाडि बढ्दै राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय र समृद्धिको यात्रालाई निरन्तरता दिने बताएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ६ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।