९ माघ २०८२, बिहिबार | Fri Jan 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पर्यटकका लागि खुल्यो इलामको श्रीअन्तु




२० भदौ ०७८,इलाम । कोरोनाको माहामारी तिब्र भएपछि बन्द गरिएको इलामको पर्यटकीय स्थल श्रीअन्तु खुला भएको छ । श्रीअन्तु बिहीबारदेखि पर्यटकका लागि खुला गरिएपछि पर्यटक आउन थालेको स्थानीय रुद्र घिमिरेले जानकारी दिए ।
अहिले कोरोनाको जोखिम कायमै रहेकाले अन्तुमा रहेका व्यवसायिक संघसंस्था, प्रहरी र स्थानीयले आचारसंहिता बनाएका छन् । होटल तथा होमस्टेलाई दैनिक निसंक्रमण गर्ने, अन्तुमा आउने पर्यटकलाई स्वास्थ्य मापदण्ड पालना गराउने, कुनै क्षेत्रमा कोरोनाको संक्रमण बढेमा सम्बन्धित क्षेत्र सिल गर्ने, होटल तथा होमस्टेमा थर्मल गन अनिवार्य गर्ने, मनोरञ्जनका लागि राति नौ बजेसम्म मात्रै बाजागाजा बजाउने उल्लेख छ ।
नेपालमा कोरोनाको संक्रमण सुरु भएपछि अन्तुमा पर्यटक आवागमन ठप्प छ । गत वैशाख अघि केही समय अन्तु पर्यटकका लागि खुला गरिएको थियो । तर निषेधाज्ञा जारी भएपछि बन्द गरिएको थियो ।
अन्तुमा ३८ वटा होटल तथा कटेज सञ्चालनमा छन् । अन्तुमा ६४ घरमा होमस्टे सञ्चामा छन् । न्युज कारखाना

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ७ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।