४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौंमा ६ घन्टादेखि भारी वर्षा, सिन्धुलीमा अलर्ट जारी



२१ भदौ ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार रातिदेखि नै वर्षा भइरहेको छ । सोमबार बिहान पनि वर्षा थामिएको छैन ।
लगातार ६ घन्टाको वर्षाले बागमती र यसका सहायक नदीमा जलसतह बढेको छ । बागमती नदी खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता पार गरेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बुढानिलकण्ठ, सुन्दरजल लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा भएको हो ।
सिन्धुलीमा पनि भारी वर्षा भएको छ । हरिहरपुरगढी र त्यस क्षेत्रमा पछिल्लो ६ घन्टामा भारी वर्षा भएपछि महाशाखाले तटीय क्षेत्रका बासिन्दाको मोबाइलमा अलर्ट एसएमएस जारी गरेको छ । मोबाइल प्रदायक कम्पनीहरूको सहकार्यमा एसएमएस पठाइने गरिन्छ । आकस्मिक बाढी र ढुवानको जोखिम बढेको हो ।
चितवनको माडी क्षेत्रको छर्छरे, कल्याणपुर, कनकट्टा, गोविन्दवस्ती र आसपासका क्षेत्रमा तीन घन्टादेखि पानी परिरहेको छ ।
हाल नेपालमा मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । न्युज कारखाना

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ७ : ४९ बजे