१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौंमा डरलाग्दो बाढीपछि फेरि सुरु भयो वर्षा




२१ भदौं ०७८,काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा फेरि वर्षा सुरु भएको छ । आइतबार राति काठमाडौं उपत्यकामा भारी वर्षा भएको थियो । सोमबार दिउँसो काठमाडौंको मौसम सफा रहे पनि राति ९ बजेबाट पुनः वर्षा हुन थालेको छ ।
उत्तर पश्चिमी बंगालको खांडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै मनसुनी गतिविधि बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम मंगलबारसम्म प्रतिकूल रहने महाशाखाको पूर्वानुमान छ । आज राति वाग्मती प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

 

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ९ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।