२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसद् अधिवेशनबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै




२२ भदौ ०७८,काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । भोलि (२३ भदौ) मा बोलाइएको संघीय संसद् अधिवेशनबारे छलफल गर्न कांग्रेस संसदीय दल बैठक बस्न लागेको हो ।
बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवन ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट, अध्यादेश, एमसिसीलगायतका विषयमा रणनीति बनाउन बैठक बोलाएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारले ५७औं दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार र प्रधानमन्त्रीको सचिवालयलाई पूर्णता दिन नसकिरहेका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा कांग्रेसबाट मन्त्री हुनेहरूका बारेमा पनि छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १० : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।