११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बागमतीमा मन्त्रिपरिषद् विस्तार



२३ भदौ ०७८, हेटौँडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। मन्त्रिपरिषद् विस्तारसँगै नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन्। उनीहरूले प्रदेश प्रमुखको कार्यालय हेटौँडामा प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

बुधबार नियुक्त गरिएका ६ मन्त्री र ४ राज्यमन्त्री गरी १० जनाले शपथ लिएका हुन्।  सपथ लिनेमा आर्थिक मामिला तथा योजनामन्त्री रचना खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्री डा.अजय क्रान्ति शाक्य, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री शान्तिप्रसाद पौडेल, सामाजिक विकासमन्त्री विवेक सुवेदी, स्वास्थ्यमन्त्री प्रदीप कटुवाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामा छन्।

त्यसैगरी पूर्वाधार विकास राज्यमन्त्री जीवन खड्का, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सरस्वती बाटी, सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ र  भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनाली नियुक्त भएका छन्।  यससँगै प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ। सपथ कार्यक्रममा पत्रकारहरूलाई प्रवेश दिइएको थिएन।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ४ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।