११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नख्खु कारागारमा रहेका अफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’ मा



फाइल तस्बिर

२५ भदौ ०७८,काठमाडौं । व्यक्ति हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री अफताव आलमले दर्ता गरेको निवेदन उपरकोे सुनुवाइ ‘हेर्न नमिल्ने’ मा परेको छ ।

आफूलाई थुनामुक्त गरेर साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले दर्ता गराएको निवेदनमाथि शुक्रबार सुनुवाइ गर्न न्यायाधीश दीपककुमार कार्की र हरि फुयाँलको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, पछि अदालतले ‘हेर्न नमिल्ने’ मा राखेको हो ।

२०६४ मा संविधानसभा सदस्यको निर्वाचनअघि रौतहटको राजपुरमा भएको बम विस्फोट घटनामा आलमको प्रमुख भूमिका रहेको भन्दै दायर रिट जिल्ला अदालत रौतहटमा विचाराधीन छ । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि आलम हाल ललितपुरस्थित नख्खु कारागारमा छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १२ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।