१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कुलमानको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित



२५ भदौ ०७८,काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा गरिएको नियुक्ति बदरको माग राखेर दायर रिटको सुनुवाइ स्थगित भएको छ ।

सरकारले हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा पठाएर घिसिङलाई प्राधिकरण प्रमुखमा नियुक्त गरेको थियो । तर, शाक्यले कुलमानको नियुक्ति खारेर गरेर आफूलाई प्राधिकरणमै पुनर्वहाली गर्न माग गर्दै रिट दायर गरेका थिए ।

सो रिटको शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा पेसी चढेको थियो । तर, रिट निवेदक शाक्यकै कानुन व्यवसायीको निवेदनमा शुक्रबारको सुनवाइ स्थगित गरिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।