५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


घटेर ९ सय ९४ जनामा आइपुग्यो संक्रमितको संख्या




२६ भदौ ०७८, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८४० जनामा परीक्षण गर्दा ९९४ जनामा संक्रमण देखिएको हो ।
आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित २७ हजार ३५५ जना रहेका छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला १३ रहेका छन् । नेपालमा संक्रमणको दर १९.३ प्रतिशत रहेको छ ।
आज संक्रमणबाट एक हजार ३६८ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कूल सात लाख ३८ हजार ३४ जना संक्रमित निको भएर घर फर्किएका छन् । संक्रमित निको हुन थालेपछि नेपालमा संक्रमणमुक्त हुने दर ९५.१ प्रतिशत रहेको छ ।
संक्रमणबाट विगत २४ घण्टामा १२ को ज्यान गएको छ । हालसम्म नेपालमा कूल १० हजार ९३६ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।
देशभर ४५६ जना सघन उपचार कक्ष (आइसियु), १२२ भेन्टिलेटर, २५ हजार ७०८ होम आइसोलेसन, एक हजार ६४७ संस्थागत आइसोलेसन र ३१७ कोरोना संक्रमित क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ६ : २३ बजे