१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


संखुवासभा सामूहिक हत्याका आरोपी सार्वजनिक



२७ भदौ ०७८, संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संलग्न १ जनालाई प्रहरीले  पक्राउ गरी आज सार्वजनिक गरेको छ।

हत्यामा संम्लग्न भएको आरोपमा मादी –१ उम्लिङ खोला गाउँकै लोक बहादुर कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । २६ वर्षीय कार्कीले सामूहिक हत्या आफूले गरेको बयान प्रहरी समक्ष दिएको प्रहरीले जानकारी दिएको छ।

घटनाको बारेमा आज पत्रकार सम्मेलन गरेर प्रहरीले जानकारी दिएको छ ।

गत सोमबार मादी –१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो । घटनाको अनुसन्धानका लागि प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बीसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल आइपुगेको थियो ।

 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  १२ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।