
२७ भदौ ०७८, काठमाडौँ । सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । जनताको स्वास्थ्य सेवा जस्ता मौलिक हक अवरुद्ध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको हो ।
स्वास्थ्यकर्मीले प्रतिष्ठानमा गत २० गतेबाट इमर्जेन्सी, कोभिड सेवा र पूर्वनिर्धारित कार्यक्रमबाहेक अन्य सेवाहरू स्थगित गरेका छन् । आन्दोलनरत पक्षले उठाएका धेरै मागहरू सम्बोधन भइसकेको र अन्य माग पनि सम्बोधन क्रममा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पदाधिकारीको कारबाही प्रक्रिया सिनेटबाटै अघि बढाइने, अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्ने, अख्तियारले छानबिन अगाडि बढाएको लगायतका आठ विषयमा विज्ञप्तिमा जानकारी दिएको छ । सरकारले छानविन लगायतका प्रक्रिया अगाडि बढाएपछि रजिष्ट्रार डाक्टर मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत समेत भइसकेको छ ।








प्रतिक्रिया