२७ भदौ ०७८, काठमाडौं । प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको नाराबाजी हुन थालेपछि सभामुख अग्निप्रसाद सापकोटालाई तीनजना मर्यादापालकले सुरक्षा दिन थालेका छन् ।
गत शुक्रबारको बैठकमा सभामुख सापकोटालाई एमाले सांसद रेखा झाले माइकले हान्ने सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । यसपछि आइतबार बसेको बैठकमा सभामुख सापकोटा पछाडि उभिएर तीनजना मर्यादापालकले सुरक्षा दिइरहेका छन् ।
यसअघि बैठक चलिरहँदा सभामुख सापकोटा पछाडि एकजना मर्यादापालक उभिएर सुरक्षा दिने गरिएको थियो ।
एमाले सांसदको चर्को नाराबाजी र सांघातिक आक्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सभामुख सापकोटाको सुरक्षामा तीनजना मर्यादापालक खटाइएको हो ।
२७ भाद्र २०७८, आइतबार
0
Shares
प्रतिक्रिया