२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसदको गतिरोध अन्त्य गर्न सभामुखले बोलाएको सर्वदलीय बैठक आज बस्दै




२८ भदौ ०७८,काठमाडौं । संसदमा जारी गतिरोत अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज सोमबार दिउँसो बस्दैछ ।
प्रमुख प्रतिपक्षी एमालेले लगातार संसदमा अवरोध गर्न थालेपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको थियो ।
सभामुख सापकोटाले त्यसअघि नै विवाद समाधान गर्न चाहेका हुन् । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार बैठक सोमबार दिउँसो साढे २ बजे ल्होत्से हलमा बस्नेछ ।
संसदको नवौँ अधिवेशन २३ भदौबाट सुरु भएको हो । न्युज कारखाना

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ७ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।