१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उदयपुरमा एक किशोरीको शंकास्पद मृत्यु




२९ भदौ ०७८,उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैरामा एक किशोरी आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् । कोठामा बाहिरबाट चुक्कुल लगाएको अवस्थामा २१ वर्षीया करिश्मा चौधरी मृत भेटिएकी हुन् ।
खैरा घर भएकी किशोरी लहानको एक फेन्सी पसलमा काम गर्दै आएकी थिइन् । उनी लहानमा डेरा गरेर बस्दै आएको चौधरीको परिवारले जनाएको छ ।
दिउँसोबाट साँझसम्मै कोठामा सुति रहेको भन्दै घरबेटीले उठाउन खोज्दा मृत फेला पारेको मृतक किशोरीका मामाका छोरा राजेश चौधरीले बताए ।
परिवारले घटना रहस्यमय रहेको जनाएको छ । मृतको घाँटीमा डोरीको डाम, ¥याल, रगत, टाउकोमा चोट र बाहिरबाट चुक्कुल लगाएरकाले घटना रहस्यमय रहेको परिवारको भनाइ छ ।
शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको र घ‍टनाबारे अनुसन्धान थालिएको लाहन प्रहरीले जनाएको छ । न्यूज कारखाना

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ९ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।