
२९भदौं ०७८, दार्चुला । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले एमाले विभाजन रोक्नका लागि नै १० बुँदे सहमति भएको बताएका छन् छ । आज मंगलबार धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले १० बुँदे सहमति कार्यान्वयन भएर एमाले एक ढिक्का हुने बताएका छन् । उनले जनताको भावना र कम्युनिष्ट आन्दोलन सम्झेर नै १० बुँदे सहमति भएकाले यो सहमतिअनुसार देशका धेरै जिल्लामा कार्यान्वयन भएको जिकिर गरे ।
फरक प्रसङ्गमा उनले अहिले एमालेमा आएको समस्या ०५४ सालको पार्टी फुटभन्दा सानो भएकाले यसबाट पार्टीलाई धेरै ठूलो समस्या नहुने बताए । एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) बनेको पार्टीले एमसीसीबारे आफ्नो प्रष्ट धारणा नल्याएको उनको भनाइ छ । उनले नेकपा (एकीकृत समाजवादी) मा लाग्न विकास योजना र पद दिन खोजिएको उल्लेख गर्दै आफूहरु पद, प्रतिष्ठाका लागि कम्युनिष्ट नभएको बताए ।
उनले भने, “कतिपयलाई कांग्रेससित मिलेर ठूलो पार्टी हुने आशा छ तर त्यस्तो सम्भव छैन ।”उनले आफू अहिले पनि एमाले पार्टीको उपाध्यक्ष र प्रदेश संयोजक भएको दाबीसमेत गरे । रावल आफ्नो गृह जिल्ला अछामसहितका जिल्ला भ्रमणका लागि यहाँ आइपुगेका हुन ।







प्रतिक्रिया