५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेकपा (एस)को कार्यालय आलोकनगरमा, आज उद्घाटन



१ असोज ०७८, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आज शुक्रबार बिहान उद्घाटन हुँदैछ । कामपा ३१, आलोकनगर, वाग्मती करिडोरस्थित कार्यालयको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गर्दैछन् ।
सत्तारूढ पार्टीले छिट्टै मुखपत्र, बुलेटिन र सामाजिक सञ्जाल पनि प्रकाशन गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले यहाँ प्रस्तावित समाजवादी पे्रस सङ्गठन नेपालसँग आबद्ध पत्रकारसँगको भेटघाटमा जानकारी दिएका छन् ।
पार्टी नेता तथा सांसद जीवनराम श्रेष्ठले सङ्घीय संसद् अवरोध हुँदा नेपाली नागरिकता, प्रहरी, तेजाबविरुद्ध, यौन हिंसाविरुद्ध, कोभिड सङ्कट, फौजदारी कसूर, औषधि, स्वास्थ्यकर्मीसँग सम्बतिन्धत अध्यादेश अलपत्र परेको बताए । उनले विधिको शासन कायम गर भन्ने नेकपा (एमाले) ले नै संसदीय नियमावलीविरुद्ध संसद् अवरोध गरेको भनी आपत्ति पनि जनाएका छन् ।
वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा २०५ संस्थापक सदस्यीय समाजवादी प्रेस तदर्थ समिति अर्काे हप्ता दर्ता गरिने तयारी भएको पत्रकार विश्वमणि सुवेदीले बताएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ६ : ५९ बजे