२५ कार्तिक २०८१, आइतबार | Mon Nov 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एक साताभित्र सरकारले पूर्णता पाउने माधव नेपालको दावी



१ असोज ०७८, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र सरकारले पूर्णता पाउने बताएका छन् ।

मिनभवनमा नेकपा (एस)को केन्द्रीय कार्यालय उद्घाटनपछि पत्रकारहरुसँग कुरा गर्दै उनले आफ्नो पार्टी सरकारमा सहभागी हुन तयारी अवस्थामा बसेको बताए । ‘आशा गरौं, यो हप्ताभित्र हुने छ,’ उनले भने ।

अध्यक्ष नेपालले संसद र सरकारमा आफूहरुको भूमिका सत्तापक्षको रुपमा रहने बताए । एमालेबाट अलग्गिएर बनेको नेकपा (एस)ले मीनभवन, आलोकनगर, काठमाडौं (भिएस निकेतन स्कुलको पुरानो भवनको छेउबाट बागमती कोरिडोरतर्फ) पार्टी कार्यालय खोलेको हो ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १ : ०२ बजे