५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कुलमानको नियुक्ति विरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार



५ असोज ०७८, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिको विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई गैरकानुनी हिसाबले हटाएर कुलमानलाई नियुक्त गरिएको भन्दै घिसिङको नियुक्ति खारेज गरेर आफूलाई नै कार्यकारी निर्देशक कायम गर्न माग गर्दै रिट दर्ता गरेका थए । तर आज मङ्गलवार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको इजलासले घिसिङको नियुक्तिमा अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो ।

इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । अन्तरिम आदेश दिनु पर्नेरनपर्ने निर्णय गर्न इजलासले हितेन्द्रदेव शाक्यलाई हटाउने र कुलमान घिसिङ नियुक्त गर्ने सक्कल फाइल मगाएको थियो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा पूर्ण अधिकारसहित काम गर्ने बाटो खुलेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ५ : ४५ बजे