५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रचण्ड भन्छन्, “आज मन्त्रिपरिषद् विस्तार हुन्छ”




७ असोज ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद्ले पूर्णता पाउने बतोएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकमा ‘विफ्रिङ’ गर्दै उनले आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकमा अध्यक्ष दाहालले राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा केही ढिलाई भएको जानकारी गराएका थिए । वर्तमान सरकार गठन भएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको काम कारबाहीमा समस्या आएको बताइएको छ ।
राजनीतिक दलसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बिहीबार संसद्मा प्रतिस्थापन विधेयक पेश गर्ने सरकारले तयारी गरेको प्रवक्ता महराले जानकारी दिए । “भोलि संसद् बस्दैछ, आज पाँच दलको बैठक छ, त्यसपछि टुङ्गो लाग्छ ।” बैठकले केन्द्रीय कार्यालय सचिवमा डोरप्रसाद पौडेललाई नियुक्त गरेको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ६ : २२ बजे