२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नारायहिटी दरबारमा सिसा फुटाएर श्रीपेच चोर्न खाेज्ने पक्राउ



नाराहिटी दरवार संग्रालय । तस्विर ः फ्लिकर

८ साउन ०७८, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा अवलोकन गर्ने बहानामा श्रीपेच चोर्न खोज्ने एक जना पक्राउ परेका छन् । शुक्रवार बिहान पश्चिम रुकुम मुसिकोट–११ का खीमबहादुर घर्ती अवलोकन गर्ने बहानामा सिसा फुटाएर श्रीपेच चोरी गर्न खोजेका थिए ।

तर, सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको छ । सिसा फुटाएर श्रीपेच चोर्न खोज्दा उनको हात काटिएको छ।

उनी अहिले नेपाली सेनाले नियन्त्रणमा रहेका छन् भने चोरी प्रयास गर्नुको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  २ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।