५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्पताल भर्ना



१४ असोज ०७८, काडमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएको छ । केही दिन आरामसहित उपचार गर्नुपर्ने भएकाले पूर्वप्रधानमन्त्री नेपाललाई अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँको उपचारमा अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्तकुमार दाससहितको टोली संलग्न रहेको गौतमले बताएका छन् ।
स्वास्थ्य संवेदनशीलताका कारण उनीसँग अस्पतालमा भेटघाट गर्न बन्द गरिएको बताइएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  २ : ४९ बजे