
१४ असोज ०७८, अर्घाखाँची । आफ्नै श्रीमतीको हत्याको आरोपमा प्रहरीले उनको श्रीमान बिष्णु विकलाई अर्धाखाचीबाट पक्राउ गरेको छ । आफ्नै ३५ वर्षीया श्रीमती सिता बिकको हत्या गरेको अभियोगमा सन्धिखर्क नगरपालिका ७ न्युखोला बस्ने ३० वर्षीय बिष्णु विकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आपसमा सामान्य विवाद हुँदा मंगलबार राति बिष्णुले सिताको टाउकोमा लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी नरपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।







प्रतिक्रिया