११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुर गादावरीमा आजदेखि एमालेको प्रथम विधान महाधिवेशन



१५ असोज ०७८, ललितपुर । नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट ललितपुर गादावरीमा सुरु हुँदैछ । सनराइज सम्मेलन हलमा सुरु हुने उक्त महाधिवेशनमा देशभरिबाट करिब ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

शुक्रबार (आज) एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन शत्रलाई अध्यक्ष ओलीलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

बिहीबारै दिइएको जानकारी अनुसार उद्घाटन शत्रपछि बन्दशत्र सुरु हुनेछ । त्यसक्रममा अध्यक्ष ओलीले पार्टीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव सम्मेलनमा पेश गर्ने कार्यक्रम रहेको छ । यी तीनवटै प्रस्ताव यसअघि पार्टीको केन्द्रीय कमिटी बैठकबाट पास गरिएको थियो ।

सम्मेलनको दोस्रो दिन अर्थात भोलि तीनवटै प्रस्तावमाथि समूहगत छलफल गरिने र १७ समूहगत छलफलबाट आएका सुझावको संक्षेपीकरण गर्दै सम्मेलन समापन हुने जनाइएको छ ।

महाधिवेशन व्यवस्थापनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा एक मूल व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सचिवमा शेरबहादुर तामाङ तथा सदस्यहरूमा कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा रहेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ९ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।