२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुर गादावरीमा आजदेखि एमालेको प्रथम विधान महाधिवेशन



१५ असोज ०७८, ललितपुर । नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट ललितपुर गादावरीमा सुरु हुँदैछ । सनराइज सम्मेलन हलमा सुरु हुने उक्त महाधिवेशनमा देशभरिबाट करिब ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

शुक्रबार (आज) एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन शत्रलाई अध्यक्ष ओलीलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

बिहीबारै दिइएको जानकारी अनुसार उद्घाटन शत्रपछि बन्दशत्र सुरु हुनेछ । त्यसक्रममा अध्यक्ष ओलीले पार्टीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव सम्मेलनमा पेश गर्ने कार्यक्रम रहेको छ । यी तीनवटै प्रस्ताव यसअघि पार्टीको केन्द्रीय कमिटी बैठकबाट पास गरिएको थियो ।

सम्मेलनको दोस्रो दिन अर्थात भोलि तीनवटै प्रस्तावमाथि समूहगत छलफल गरिने र १७ समूहगत छलफलबाट आएका सुझावको संक्षेपीकरण गर्दै सम्मेलन समापन हुने जनाइएको छ ।

महाधिवेशन व्यवस्थापनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा एक मूल व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सचिवमा शेरबहादुर तामाङ तथा सदस्यहरूमा कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा रहेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ९ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।