५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा ३५९ सहित नेपालमा थप १०६६ जनामा कोरोना संक्रमण



१५ असोज ०७८, काडमाडौं । नेपालमा थप एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ३६८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ११३ जनाको पिअिसार परीक्षण गर्दा ८९८ र तीन हजार २५५ जनाको एन्टीजेन परीक्षण गर्दा १६८ जनामा संक्रमण पुष्टि भएको हो।

आज देशभर ९३८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ।

देशभर १८ हजार ११५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १६ हजार ८८१ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार २३४ संक्रमित छन् भने ३५४ जना आइसियुमा र ११६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २४२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर दुई लाख १७ हजार ३९१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। यस्तै काठमाडौँ उपत्यकामा थप ३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौँमा २६६, भक्तपुरमा ३१ र ललितपुरमा ६२ जनामा संक्रमण पुष्ट भएको हो।

 

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ६ : ०० बजे