५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आइतबार ६ सय ७९ मा सङ्क्रमण पुष्टि




१७ असोज ०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ९ सय २० जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १६ हजार ८ सय ४ जना पुगेको छ । सो अवधिमा एक हजार ४ सय ५ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६९ हजार २ सय २४ छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.५ प्रतिशत छ ।
यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा सात जनाको मत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार १ सय ६४ जनाको मृत्यु भइसकेको छ । हाल देशभर ३ सय ३७ सघन उपचारकक्ष, १ सय ९४ भेन्टिलेटर, १५ हजार ५ सय ३४ होम आइसोलेशन, एक हजार २७० संस्थागत आइसोलेशन र २ सय ५२ जना क्वारेन्टिनमा रहेका छन् ।
आज २६ हजार ४ सय १९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्मा सात लाख ९७ हजार १ सय ९२ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा पोजेटिभ देखिएको छ भने ९२ हजार ३४ जना एन्टिजेन विधिमा कोरोना देखिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ७ : २१ बजे