११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सर्वोच्चले भन्यो, ‘जबराले मन्त्रिपरिषद्‌मा भागवण्डा खोजेको भन्दै आएका समाचार निराधार’




१८ असोज ०७८,काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले मन्त्रिपरिषद्‌मा भागवण्डा खोजेको भन्दै आएका समाचार निराधार भएको बताएको छ । मन्त्रिपरिषद् विस्तार र गठनमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रूपमा जोडेको भन्दै सर्वोच्चले आपत्ति जनाएको छ ।

सर्वोच्चले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रूपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुःखद् र खेदजन्य विषय हो ।’

‘नेपालको संविधानबमोजिम स्वतन्त्र, स्वायत्त एवं संवेदनशिलताकासाथ क्रियाशिल रहनुपर्ने संस्था र त्यसको नेतृत्वप्रति कुत्सित मनसाय राखी लान्छित गर्नु अत्यन्त दुःखद् अवस्था हो,’ विज्ञप्तिमा लेखिएको छ ।

प्रधानन्यायाधीशले गरेको फैसलासमेत समाचारमा जोडेर अदालतपको जनआस्था कमजोर बनाउन खोजिएको सर्वोच्चले बताएको छ । ‘सर्वोच्च अदालतको अमुक फैसलासमेतका सन्दर्भ जोडी यसप्रकारका समाचारहरू आउनु अदालतप्रतिको जनआस्था एवं नेतृत्वप्रति प्रतिकूल प्रभाव पार्ने दुषित मनसायबाहेक अरू केही हुन सक्दैन,’ सर्वोच्चले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

 

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ४ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।