५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गुणस्तर र उपभोग्य मिति केन्द्रित बजार अनुगमन   



१८ असोज ०७८,काठमाडौं । बजार अनुगमनको जिम्मा पाएको निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले चाडपर्व केन्द्रित बजार अनुगमन सुरु गरेको छ ।

चाडपर्व सुरु भएसँगै बजारमा अनुचित व्यापारित कारोबार हुने भन्दै विभागले बजार अनुगमनलाई तीव्र बनाएको हो । दैनिक उपभोग्य वस्तुको मूल्य र उपभोग्य मिति (म्याद) मा केन्द्रित भएर बजार अनुगमलाई तीव्र बनाइएको विभागका आपूर्ति व्यवस्थापन तथा बजार अनुगमन शाखाका प्रमुख एवं प्रवक्ता शिवराज सेढाइले जानकारी दिए ।

उनका अनुसार चाडपर्व सुरु भएसँगै दैनिक छ समूहबाट बजार अनुगमन भइरहेको छ । “हाम्रो काम नै बजार अनुगमन हो । हामी निरन्तर अनुगमनमै हुन्छौँ । चाडपर्व सुरु हुनुभन्दा अगाडि दैनिक दुई÷तीन समूहबाट अनुगमन हुने गरेकामा हामीले बढाएर दैनिक छ समूहलाई बजारमा पठाउने गरेका छौँ”, उनले भने, “अन्य समयको तुलनामा चाडपर्व नजिकिएसँगै ४० प्रतिशत कारोबार हुने हुँदा अनुगमन बढाएका हौँ ।”

उहाँले उपभोक्ताको बढी भीड हुने समयमा व्यवसायीले उपभोग्य मिति सकिएका खाद्य वस्तु बिक्री वितरण गर्न सक्ने भन्दै चनाखो हुन आग्रह गरे । “उपभोक्ता ठगिनबाट बच्न हामीले वस्तु र सेवा केन्द्रित भएर अनुगमन गरेका हौँ । हामीसँगै आम उपभोक्ता पनि चनाखो हुनुपर्ने आवश्यक छ”, उनले भने ।

पछिल्लो समय बजारमा अधिकांश खाद्य पदार्थको मूल्यमा वृद्धि भएको छ । नेपाल खुद्रा व्यवसायी सङ्घको तथ्याङ्कअनुसार कोभिड–१९ पछि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेका हो ।

पछिल्ला केही दिनयता अण्डा, चामल, चिनी तथा खाने तेलको मूल्यमा उच्च वृद्धि भएको छ । सरकारले चाडपर्वमा खाद्यान्नको अभाव नहुने जनाइसकेको छ । उद्योग वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले सरकार तथा निजी क्षेत्रका उद्योगी, व्यापारीसँग पर्याप्तमात्रामा खाद्यान्नको मौज्दात रहेको भन्दै अभाव नहुने जनाए ।

 

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ४ : ४८ बजे