
१९ असोज ०७८, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रनवेबाट श्री एअरलाइन्सको विमान चिप्लेर सामान्य दुर्घना भएको छ ।
विमानस्थलका अनुसार श्री एयरलाइन्सको एउटा जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा घाँसे मैदानलितर पुगेको हो ।
विमानमा यात्रुहरु पनि रहेको अवस्थामा दुर्घटना भएको बताइएको छ । दुर्घटनाका कारण विमानस्थलको उडान प्रभावित भएका छैनन् भने सबै यात्रु सकुशल रहेको उअरलाइन्सले जानकारी दिएको छ
१९ आश्विन २०७८, मंगलबार
0
Shares







प्रतिक्रिया