२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


घाँसे मैदानमा चिप्लिएको श्री एयरको जहाज बाहिर निकालियो



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट धावनमार्ग जाने क्रममा घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाजलाई बाहिर निकालिएको छ । विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारीहरूले गल, गैँतीलगायत उपकरण प्रयोग गरी धसिएको पांग्रालाई माथि उठाएर बाहिर निकालेको विमानस्थल व्यवस्थापनले जनाएको छ ।

नाइननानफे कल साइन भएको क्यू४००–८ जहाज काठमाडौँबाट नेपालगञ्जका लागि बिहान ९ः३३ मा उडान भर्ने क्रममा धावनमार्गमा ट्याक्सी गर्ने क्रममा पार्किङ क्षेत्रमै एउटा चक्का घाँसे मैदानमा फस्न पुगेको थियो। जहाजमा चालक दलसहित ८० जना सवार थिए ।

 

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  १ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।