५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा ३०२ सहित नेपालमा थप ९ सय ६८ जनामा कोरोना संक्रमण




१९ असोज ०७८, काठमाडौं ।  नेपालमा मंगलबार १६०४२ नमूना परीक्षणमा ९ सय ६८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ११ हजार ५८२ नमूनाको पीसीआर र ४ हजार ४६० नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ७६२ र एन्टिजेन विधिबाट २०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको हो। मन्त्रालयका अनुसार मंगलबार थप १ हजार ११४ जना कोरोनामुक्त भएका छन्।

कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार २४८ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित ३३५ जनाको भेन्टिलेटरमा र १२२ जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा १३२८९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
यस्तै काठमाडौं उपत्यकामा ३०२ जना कोभिड संक्रमित थपिएका छन् । मंगलबार काठमाडौंमा २३१, भक्तपुरमा ३० र ललितपुरमा ४१ जना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ७४७ पुगेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ५ : १३ बजे