५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अपहरण गरेको अभियोगमा राजधानीबाट २ जना पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

१९ असोज ०७८, काठमाडौं । प्रहरीले शरीर बन्धक तथा अपहरण कार्यमा सङ्लग्न दुईजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले यही असोज १५ गते चन्द्रागिरि नगरपालिका ३ थानकोटमा डेरा गरी बस्ने नीरमान भोम्जनकी श्रीमतीलाई बन्धक बनाएर राख्ने भक्तपुर मध्यपुर ठिमी नगरपालिका ६ का ३७ वर्षीय धीरोज श्रेष्ठ र भक्तपुर चाँगुनारायण नगरपालिका १ का २९ वर्षीय रसिला अवाललाई सोमबार पक्राउ गरी आज मंगलबार सार्वजनिक गरेको हो ।
पक्राउ परेका श्रेष्ठ र अवालले पीडितलाई डर त्रास देखाएर भक्तपुर चाँगुनारायण नगरपालिका १ सरस्वती खेलस्थित अवालको घरमा लगेर बन्धक बनाएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका दुबैजनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको सो महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ६ : ३० बजे